जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज भारतबाट नेपालले खरिद गरेको १० लाख डोज खोप आउँदै

जन्मभुमि खबर ।
काठमाडौं- सरकारले भारतीय कम्पनीबाट खरिद गरेको कोभिडविरुद्धको कोभिसिल्ड खोप पहिलो चरणमा १० लाख डोज आइतबार (आज) काठमाडौं आइपुग्ने भएको छ।

नेपाल सरकारले सेरम इन्स्च्यिूट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो। सरकारले प्रति एक डोज ४ डलरमा उक्त खोप २० लाख डोज खरिद गरेको हो।

उक्त सम्झौता अनुसार पहिलो चरणमा १० लाख डोज खोप भोली एयर इन्डियाको विमान मार्फत दिल्लीबाट १ः३० बजे काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ।

सरकारले फागुन २३ गतेदेखी संचालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो।

उक्त  खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण हुने छ।

स्वास्थ्य मन्त्रालयले बाँकी १० लाख खोप पनि चाँडै नेपाल आइपुग्ने जनाएको छ ।