जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आजदेखि देशभरका उच्च अदालत र इजलासहरुमा स्वचालित पेशी सुरु

जन्मभुमि खबर ,
पोखरा ।

आजदेखी देशभरका उच्च अदालत तथा उच्च अदालतका इजलासहरुमा स्वचालित पेशी तारेख व्यवस्थापन सुरु भएको छ ।

आइतबार ललितपुरस्थीत पाटन उच्च अदालतमा आयोजित एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका हुन् । स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरुभएसंगै कर्मचारीले गोलाप्रथाबाट तारेख तोक्ने विद्यमान प्रणालीको अन्त्य भएको छ ।

अव मुद्दाको प्रकृति र प्राथमिकताका तारिख मिति स्वचालित रुपमा निर्धारण हुने प्रधानन्यायाधीश श्रेष्ठले बताए। नयाँ प्रणालीले न्यायिक प्रशासनिक कामकाबारहीमा सरलता दिने उनले बताए।

प्रधानन्यायाधीश श्रेष्ठले अब जिल्ला अदालतहरुमा पनि स्वचालित पेशी तारेख व्यवस्थापन गर्नका लागि अध्ययन सुरु गर्ने धारणा राखे । त्यस्तै उहाले सर्वोच्चमा अनलाइन रजिस्ट्रेसन प्रणालीको समेत अध्ययन भइरहेको जानकारी दिए ।

सर्वोच्च अदालतमा भने यसअघि नै स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली लागू भइसकेको छ ।