आइतबार कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु, ७९१४ जना संक्रमित थपिए,७६६४ जना संक्रमणमुक्त
जन्मभुमि खबर ।
कोरोना संक्रमणबाट थप १ सय ९३ मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ६ हजार ३ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमबाट थप ७ हजार ९ सय १४ जना थपिएका छन । १८ हजार ९ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ९५ र ९ सय ३१ जनाको एन्टिजेन परीक्षणमा ३ सय १६ जना संक्रिमत थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर १ लाख १५ हजार ५ सय ४७ जना संक्रिय संक्रिमत रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये १ लाख ८ हजार ९ सय ६५ जना होम आइशोलेशनमा र ७ हजार ३ सय ४९ जना संस्थागत आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
हाल देशभरका अस्पतालमा १७ सय २१ जनाको आइसीयू र ४ सय ८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो पटक संक्रमण दर र निको हुने दर बराबरी जस्तै छ ।
आज ७ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएको मन्त्रलायले जनाएको छ ।