जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

असार २२ गतेबाट दोस्रो डोजको भेरोसेल खोप लगाइने

चीनले दोस्रो पटक उपलब्ध गराएको कोराना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा (बुस्टर डोज) खोप लगाइने तय भएको बताए ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाएको थियो ।