जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अवैध लागुऔषध गाँजासहित महानगरपालिका –१६ का दुई व्यक्ति बेलचौतारा बाट पक्राउ

जन्मभुमि खबर

अवैध लागु औषध गाँजासहित प्रहरीले दुईजनालाई पक्रेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका –१६ जलधारे बस्ने विवेक राउत र सोही ठाउँका सुमन विक रहेका छन् ।

सोमबार शुक्लागण्डकी नगरपालिका– ५ बेलचौतारामा शंकास्पद अवस्थामा बसेको बेला इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्दा राउतको झोलाभित्र एक किलो दुई सय ५० ग्राम र विकले बोकेको झोलाभित्र एक किलो सात सय ५० ग्राम लागु औषध गाँजासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई तनहुँ जिल्ला अदालतबाट लागु औषध गाँजा मुद्धामा म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।