अविरल वर्षाका कारण तनहुँमा पहिरोमा परेर ६५ वर्षीया महिलाको मृत्यु
जन्मभुमि खबर,
तनहुँ ।
केही दिनदेखि निरन्तर रुपमा परेको अविरल वर्षाका कारण पहिरो खस्दा तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका– १ निर्मलनगरकी ६५ वर्षीया सरस्वती घर्ती रहेकी छिन् ।
लगातार परेको पानीका कारण गएराती एक बजे निर्मलनगरकी सरस्वती घर्तीको ढुंगा खसेर घर भत्किएको थियो । पहिरोले घर भत्किदा च्यापिएर गम्भीर घाइते भएकी घर्तीको उपचारका लागि दमौली अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । ‘गम्भीर घाइते भएकी उनको उपचारको लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो,’ उनले भने ।