जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अभिनेत्री रेखा थापालाई पुत्रिलाभ

जन्मभुमि खबर ,
पोखरा ।

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । शुक्रबार थापाले छोरीलाई जन्म दिएकी हुन् । आफ्नो सामाजिक सञ्जालमार्फत छोरीको तस्बिर सार्वजनिक गर्दै उनले आफु आमा बनेको जानकारी गराएकी हुन् ।

‘हेर आकाशमा कालो बादल वरिपरि चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान कारण छ,’ उनले लेखेकी छन्। रेखाले आफ्नी छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन्।

रेखाले २०७८ सालमा बलराम शाही ठकुरीसँग विवाह गरेकी थिइन्।