जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२ हजार ९३१ जनाको पीसीआर परीक्षण गर्दा मुलुकमा ९७ जना संक्रमित थपिए

काठमाडौं, ७ फागुन । मुलुकमा थप ९७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ३१ र पुरुषको संख्या ६६ रहेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ९३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ९७ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७३ हजार २६३ पुगेको छ ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ११४ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ११४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६९ हजार ६१९ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ५८३ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३१ सय जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २१ लाख ३४ हजार २६१ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।