२ हजार ८२४ जनाको पीसीआर परीक्षण गर्दा मुलुकमा ८१ जना संक्रमित ,४८ जना निको भए, २ को मृत्यु
जन्मभुमि खबर
काठमाडौं, १५ फागुन । मुलुकमा थप ८१ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ३५ र पुरुषको संख्या ४६ रहेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ८२४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८१ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७४ हजार ०६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४८ संक्रमित निको भए, २ को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४८ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७० हजार ३२५ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ९ सय ३७ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६२ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२४ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २१ लाख ६० हजार ४०४ जनाको पीसीआर परीक्षण भएको छ ।
यसगरी पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७३ पुगेको छ ।