जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको भाउ ताेलामा ६ सय रुपैयाँ घट्यो

जन्मभुमि खबर
काठमाडौ ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य घट्दो क्रममा रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार भएको छ । केही दिनयता सुनको मूल्य घट्दो क्रममा रहेको हो ।

यस्तै बिहीबार तेजावी सुन तोलामा ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार रु ५ घटेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको हो ।