“शिक्षा संकायको सिफ्ट मर्ज नगर्न अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस ले विज्ञप्ति वुझायो”
नवीन भण्डारी
जन्मभुमि खबर,पोखरा ।
शिक्षा संकायको सिफ्ट मर्जको विषयमा अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पसले विहिवार क्याम्पस प्रमुखलाई विज्ञप्ती बुझाएको छ ।
अध्यारो चिर्दै उज्यालो देख्ने अभिलाषाका साथ अध्ययन गर्न आएका बिद्यार्थीको भविष्य माथि कुठाराघात नगरियोस् भन्ने नाराका साथ आज पृथ्वीनारायण क्याम्पसमा अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस कमिटी ले प्रेस विज्ञप्ती बुझाएको छ । त्रिभुवन विश्वविद्यालयले ल्याएको सिफ्ट मर्जको विषयलाई पृथ्वीनाराण क्याम्पसले सहजै स्वीकार गरी लागु गरेकोमा अखिल क्रान्तीकारीले आपत्ती जनाउँदै आम विद्यार्थीहरुको चाहानालाई मध्यनजर गर्दै शिक्षा संकायको पठनपाठनलाई बिहान र दिवा दुवै सिफ्टमा तुरुन्त सुचारु गर्न जोडदार माग गरेको छ । साथै कोरोनाको चपेटामा परेको आर्थिक बर्ष ७७/७८ को सेमेस्टर प्रणाली बाट पढाई हुने सम्पुर्ण विषयहरुको शुल्क मिनाहा गर्न माग राख्दै अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पसले क्याम्पस प्रमुख डा. सरोज कोइराला समक्ष विज्ञप्ती बुझाएको छ ।