पोखरा–३३ बागमारा मा ग्यास सिलिण्डर पड्किँदा एक महिला घाइते
जन्मभुमि खबर,पोखरा । पोखराको बागमारामा ग्याँस लिक भई आगलागी हुँदा एक महिला जलेर घाइते भएकी छन् ।
पोखरा–३३ बागमारास्थित गण्डकी बेँसी निवासी ४६ वर्षीया पद्मा कुमारी थापा शनिबार बिहान ५.०० बजे भान्सा कोठामा चिया पकाउने क्रममा एक्कासी ग्याँसमा आगलागी हुँदा जलेर घाइते हुनुभएको हो । जलेर घाइते थापालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले दिनुभयो ।
रातको समयमा ग्याँस लिक भई कोठामा जम्मा भएको र बिहान ग्याँस बाल्ने क्रममा एक्कासी आगलागी भई पड्किएको ग्याँसले धनबहादुर थापाको दुई तले पक्की घरको भान्साकोठाको पर्खाल, ढोका र झ्यालमा क्षति पुग्नुको साथै घरका अन्य सातवटा झ्यालका सिसासमेत फुटेको जानकारी प्रहरीले दिएको छ । जलेर घाइते थापाको अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।