जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका ७ जना सहित गण्डकीमा आइतबार थप १४ जनामा कोरोना पुष्टि, १८ जना संक्रमणमुक्त

जन्मभुमि खबर
पोखरा ।

कास्कीका ७ जना सहित गण्डकी प्रदेशमा आज आइतबार थप १४ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ वटा जिल्लाका ७ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै ७ जना छन् । ती मध्ये पोखरा महानगरपालिकाका ५ जना छन् भने २ जना माछापुच्छ्रे गाउँपालिकाका हुन् ।

यस्तै, बाग्लुङका ४ जना, म्याग्दीका २ जना र पर्वतका एक जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. ५ का ४८ वर्षीय पुरुष, वडा नं. १६ का २२ र ७० वर्षीय पुरुष, वडा नं. ३१ का १४ र ४५ वर्षीय पुरुष, माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ का ४२ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।

बाग्लुङको बाग्लुङ नगपालिका वडा नं.१ का ८१ वर्षीय पुरुष, वडा नं.३ का ८० वर्षीय पुरुष, वडा नं.४ का ३७ वर्षीय पुरुष, वडा नं.१३ का ६३ वर्षीय पुरुष, म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. १ की २८ वर्षीया महिला, धौलागिरी गाउँपालिका वडा नं. ३ का ५४ वर्षीय पुरुष एवं पर्वतको जलजला गाउँपालिका वडा नं.५ की ५० वर्षीया महिलामा कोरोना संक्रमण भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ३२४ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप १८ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ९४३ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।

हाल प्रदेशभर १७६ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा १६४ जना रहेका छन् ।

गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १७४ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३३ हजार ७६२ नमुना परिक्षण भएको छ ।