पत्रकार रामकृष्ण ज्ञवालीलाई अभद्र व्यवहार गरेकाे अाराेपमा पक्राउ परेका पत्रकार राजेन्द्र अधिकारी लाई पाँच दिन म्याद थप
जन्मभुमि खबर , पोखरा । पत्रकार रामकृष्ण ज्ञवालीलाई अभद्र व्यवहार गरेकाे अाराेपमा पक्राउ गरिएका पत्रकार राजेन्द्र अधिकारीलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीले पाँच दिन म्याद थप गरेको छ । तर पत्रकार राजेन्द्र अधिकारीले अाफ्नाे र परिवारकाे जीवन बर्बाद हुने गरि सामाजिक सञ्जालमा बदनाम गरिएको विषयमा विवाद हुँदा धकेलाधकेल भएकाे बताएका छन् ।
आज बिहान ११ बजे पोखराको शान्तिनगरस्थित अधिकारीकै निवासबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
अधिकारीलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । पत्रकार अधिकारी डनन्यूजका प्रधानसम्पादक हुन् ।
उनी नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष समेत हुन् ।