जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मुल्य

जन्मभुमि खबर

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ ।  छापावाला सुन आज तोलामा रु ८८ हजार ८००  मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।  छापावाला सुन बिहीबार तोलामा रु ८९ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८८ हजार ८५० का कारोवार भएको थियो ।