जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गोरखामा जिप दुर्घटना हुँदा ५ जना घाइते

कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखाको बा २ झ २२९२ नम्बरको बोलेरो गाडीको ठक्करबाट दुई बालिकासहित पाँच जना घाईते भएका छन् । गोरखा–खैरेनी राजमार्गको लक्ष्मीबजारमा सडक छेउमा हिँडिरहेका अमिसाथापा मगर, र इम्रन राना मगरलाई गाडीले ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाईते दुबै जानालाई गोरखा अस्पतालमा समान्यउपचारपछि थपउपचारका लागिचितवन रिफर गरिएको जिल्लाप्रहरी कार्यालयकाएसपी सुरेन्द्र गुरुङले बताए ।

जिपमा सवार कोष तथा लेखा नियन्त्रण कार्यालयकाप्रमुख नारायणदत्त शर्मा र जिल्लाप्रशासनकार्यालयकाअधिकृत गणेशप्रसाद भट्टराई र उर्मिलाभट्टराई पनि घाईते भएका छन् । जिपमा सवार घाईतेहरुको गोरखा अस्पतालमा उपचार भईरहेको छ ।

ठक्कर दिएको गाडी सडकबाट करिब १० मिटर तलखोल्सामा खसेको छ । दुई बालिकागोनपा ९ लक्ष्मीबजारको महालक्ष्मी माविबाट घर फर्कँदै थिए भने जिपगोरखाबाट चितवनका लागि छुटेको थियो ।