अनलाइन तथा सामाजिक सञ्जालमार्फत औषधि बिक्री गरे कारबाही गरिने
जन्मभुमि खबर
काठमाडाैं, १२ चैत । अनलाइन तथा सामाजिक सञ्जालमार्फत औषधि बिक्री वितरण गर्नेलाई गर्ने भएकाे छ । सामाजिक सञ्जालमा फार्मेसी सेवाका नाममा गैरकानुनी रुपमा भइरहेको औषधि बिक्री/वितरण तत्काल बन्द गर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको हो ।
विभागले सूचना जारी गर्दै औषधि ऐन २०३५, दफा १९ बमोजिम औषधिको गलत विज्ञापन गर्न नहुने कानुनी व्यवस्था रहेकाले कानुन विपरीत अनलाइनबाट भइरहेको औषधि बिक्री वितरण बन्द गर्न भनेको हो । निर्देशन अटेरी गर्नेमाथि कारबाही हुने विभागले चेतावनी दिएको छ ।
अनलाइन फार्मेसीबाट औषधि खरिद नगर्न र नगराउन विभागले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्लो समय अनलाइन फार्मेसीका नाममा छुट/सुविधा उल्लेख गरेर औषधिको गैरकानुनी बिक्री वितरण भइरहेको विभागले जनाएको छ ।