अक्षरयात्राको १८०औं शृंखला सम्पन्न
जन्मभुमि खबर
नबिन भण्डारी ,पोखरा
‘जीवनर र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ भन्ने मूल आदर्श लिएर गजलसन्ध्या , पोखरा र नवनीत साहित्य सागर, पोखराद्वारा २०६२ सालदेखि प्रत्येक महिनाको तेस्रो शनिवार निरन्तर रुपमा संचालन गर्दै आएको साहित्यिक कार्यक्रम “अक्षरयात्रा”को १८०औं शृंखला आज पोखरा महानगरपालिका वडा नं. ६, बैदाममा अवस्थित देशकै सुन्दर ताल फेवातालको किनार बाराहीघाटमा आज सम्पन्न भयो । गजलसन्ध्या र नवनीत साहित्य सागर आयोजना र पोखरा महानगरपालिका वडा नं. ६, वडा कार्यालय स्थानीय व्यवस्थापनमा सम्पन्न कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व वडा सदस्य हरीकृष्ण पहारीले आफु केटाकेटी छँदा फेवातालकै पानी पिएर हुर्केको तर अहिले तेही पानी छुँदा पनि शरीर चिलाउँछ कि भनेर डराउनु पर्ने अवस्था आएको र कवि साहित्यकारहरुले आफ्ना सिर्जना मार्फ़त नीति निर्माणको तहमा बसेकाहरूलाई तालको संरक्षणको लागि घच्घच्याउनुपर्ने भन्दै आफुले सिर्जना गरेको रचना वाचन गर्नुभयो ।
अक्षरयात्राका परिकल्पनाकार दीपक समीपले अक्षर यात्रा सुरु गर्दाको अवस्था बारे जानकारी दिनुभयो । अक्षरयात्राका अर्का परिकल्पनाकार लक्ष्मण थापा, गीता तिवारी, गोपाल बस्नेत, मैया सुवेदी, संजीव पौडेल, बीरेन्द्र पौडेल ‘विवश’ , ध्रुव विपश्वी, मेघराज आचार्य, टीका क्षेत्री, रेशम अधिकारी, माधव खतिवडा, जानुका पौडेल, कृष्णप्रसाद जमरकट्टेल, रामकुमार श्रेष्ठ ‘फुच्चे’, लक्ष्मी देबकोटा, बिजय पौडेल, विनोद परिवर्तित लगायतले तत्स्थानीय सिर्जना वाचन गरेको कार्यक्रमको संचालन विनोद परिवर्तितले गरेका थिए भने अध्यक्षता गजलसन्ध्याका उपाध्याक्ष वसन्त विनोदले गरेका थिए ।